जेठ २७, २०७७ काठमाडौँ : प्रधानमन्त्रीको सरकारी निवास नजिकै वडा कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ। कोरोना भाइरस महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहोरा हानेको हो। निषेधित क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। झडपका क्रममा प्रहरीले लाठी पनि हानेको छ। त्यसक्रममा विवेकशील नेपाली दलका उज्ज्वल थापालाई सामान्य चोट लागेको छ। प्रदर्शनकारीहरुले कोरोना भाइरसको परीक्षण पिसिआर विधिबाट मात्रै गर्न, क्वारेन्टाइनहरु व्यवस्थित र सुरक्षित बनाउन माग गरेका थिए। उनीहरुले सबै नागरिकक जीवन रक्षा गर्न पनि माग गरेका थिए।
Dalan News is an online news portal providing latest news from Nepal and around the world
Subscribe to:
Post Comments (Atom)
कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने
विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...
-
नेपाललाई ६० वर्षसम्म पुग्ने दैलेखको ‘महा-ग्यास भण्डार’ अलपत्र: ८० अर्ब घनमिटर ग्यास भेटिएपछि चिनियाँ कम्पनी एकाएक गायब! पञ्चकोशी (दैलेख) ज...
-
दुई जिल्लाका स्थानीयबीच भीषण झडप, ६ जना रगताम्मे! प्रमुख प्रशासकीय अधिकृत र प्रहरी कमाण्डर पनि घाइते! ४ जनालाई हेलिकप्टरबाट उद्धार गरिँदै!...
-
"नेपाल 'पुलिस स्टेट' बन्ने खतरा, यो सरकार पनि ढल्छ": प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिममाथि सांसद अमरेशको तीव्र...



No comments:
Post a Comment