चीन र पाकिस्तानको सातो उड्ने गरी अमेरिकाको ठूलो कदम: भारतको सैन्य ताकत बढाउन अर्बौँको 'डिफेन्स डिल' लाई दियो हरियो झण्डा!
काठमाडौं Dalan News ।
छिमेकी मुलुक भारतको सैन्य शक्तिलाई थप मजबुत बनाउने उद्देश्यले महाशक्ति राष्ट्र अमेरिकाले एउटा ठूलो र महत्वपूर्ण रक्षा सम्झौता (Defence Deal) लाई स्वीकृति दिएको छ। अमेरिकाले भारतलाई अत्याधुनिक सैन्य सपोर्ट सेवाहरू बिक्री गर्ने प्रस्तावलाई आधिकारिक रूपमा स्वीकृति दिएको हो।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार यो सम्झौता विशेष गरी भारतीय सेनाले प्रयोग गर्दै आएका विश्वप्रसिद्ध 'अपाचे' (Apache) हेलिकप्टर र 'M777' लाइटवेट तोप (Howitzers) हरूसँग सम्बन्धित छ। यस डिलले दक्षिण एसियाकै सामरिक राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ।
भारतको युद्ध क्षमतामा निकै ठूलो वृद्धि हुने
यो सैन्य सम्झौतापछि भारतीय सेनाका सबैभन्दा घातक मानिने अपाचे हेलिकप्टर र चीनसँगको हिमाली सीमा क्षेत्र (LAC) मा तैनाथ गरिएका M777 तोपहरूको मर्मत-सम्भार, स्पेयर पार्ट्स र प्राविधिक सहयोगमा कुनै कमी हुने छैन। यसले गर्दा युद्धको समयमा भारतीय सेनाको मारक क्षमता र रक्षा तयारी सधैँ उच्च रहने विज्ञहरूको भनाइ छ।
अमेरिकी विदेश मन्त्रालयले यस डिलबारे टिप्पणी गर्दै भनेको छ, "यो सम्झौताले अमेरिका र भारतबीचको रणनीतिक साझेदारीलाई थप बलियो बनाउनेछ। यसबाट दक्षिण एसिया क्षेत्रको सैन्य सन्तुलनमा कुनै नकारात्मक असर पर्ने छैन, बरु यसले भारतको राष्ट्रिय सुरक्षा र आत्मरक्षा क्षमतालाई अझ मजबुत पार्नेछ।"
चीन र पाकिस्तानलाई किन लाग्यो झट्का?
विगत केही वर्षदेखि भारतको चीन र पाकिस्तान दुवैसँग सीमा विवाद चर्किएको बेला अमेरिकाले भारतको सैन्य मेसिनरीलाई यसरी लगातार बलियो बनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी पहाडी र दुर्गम क्षेत्रमा सजिलै लैजान सकिने M777 तोप र आकाशबाटै दुश्मनको ट्याङ्क ध्वस्त पार्न सक्ने अपाचे हेलिकप्टरको क्षमता चुस्त राख्न यो डिल भारतका लागि 'गेम चेन्जर' साबित हुने देखिएको छ।


No comments:
Post a Comment