Tuesday, 19 May 2026

एमालेमा भूकम्प: नौ महिनाअघिको आफ्नै निर्णय उल्ट्याउँदै झुके ओली! पूर्वराष्ट्रपति विद्या भण्डारीलाई 'सक्रिय राजनीति' मा भित्र्याउनुको भित्री रहस्य के?

 एमालेको सबैभन्दा ठूलो 'यू-टर्न': पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा धमाकेदार इन्ट्री!

अन्ततः ओली झुके! आफ्नै निर्णय उल्ट्याउँदै भक्तपुरको गुण्डु बैठकबाट विद्या भण्डारीको सदस्यता खुला! के एमाले बचाउन चालियो 'विद्या कार्ड'?


काठमाडौँ, जेठ ५ ।

झन्डै एक वर्षको तीव्र गलफती र आन्तरिक विवादपछि अन्ततः नेकपा एमालेले ठूलो 'यू-टर्न' लिएको छ। आफ्नै पुराना निर्णयहरूलाई आश्चर्यजनक रूपमा उल्ट्याउँदै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने सनसनीपूर्ण निर्णय गरेको छ।

​सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुण्डुमा बसेको आकस्मिक सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्दै उनलाई सक्रिय राजनीतिमा कमब्याक गर्ने ढोका खुला गरिदिएको हो। २०८२ साउनमा संविधानको उपधारा नै 'कोट' गरेर भण्डारीको सदस्यता खारेज गरेको एमालेले अहिले आएर ओलीकै अग्रसरतामा यो निर्णय गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

चुनावमा लज्जास्पद हार र 'जेनजी विद्रोह' को धक्का!

​जानकारहरूका अनुसार यो निर्णय कुनै सामान्य सदस्यता नवीकरण मात्र नभएर एमालेभित्र चर्किएको तीव्र आन्तरिक संकट टार्ने ओलीको अन्तिम अस्त्र हो। गत फागुनको संसदीय निर्वाचनमा एमाले २७५ सिटमध्ये मात्र २५ सिटमा खुम्चिनु र एमालेकै सरकार भएका बेला देशमा भएको 'जेनजी विद्रोह' (Gen-Z Protest) ले एमाले नेतृत्वको साख गिराएको थियो।

​महाधिवेशनबाट ओली तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिए पनि चुनावको अप्रत्याशित नतिजापछि पार्टीभित्रै ओली हटाउन हस्ताक्षर अभियान र विशेष महाधिवेशनको माग उठ्न थालेको थियो। आफ्नै निकटस्थहरूले समेत विद्रोह गर्न थालेपछि ओली अन्ततः विद्या भण्डारीसँग झुक्न बाध्य भएको राजनीतिक विश्लेषकहरूको दाबी छ।

के अब 'विद्या कार्ड' ले वाम एकता सम्भव छ?

​पार्टीभित्र ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल जस्ता पुराना नेताहरूले विश्राम लिनुपर्ने र तेस्रो व्यक्तिको नेतृत्वमा वाम एकता हुनुपर्ने दबाब कार्यकर्ता तहमा छ। विद्या भण्डारीको पुनरागमनलाई कतिपयले 'वाम एकताको साझा कार्ड' का रूपमा हेरेका छन्।

विश्लेषक डम्बर खतिवडा भन्छन्: "यो ओलीको द्वैध चरित्र हो। चुनावमा लज्जास्पद हार व्यहोरेपछि भविष्यमा आफ्नो स्थिति जोगाउन ओलीले यो रिभ्यु गरेका हुन्। नेकपाका संयोजक प्रचण्डले यसमा मुख मिठ्याए पनि संसदमा दोस्रो ठूलो दल बनेर विपक्षी दलको नेता बन्ने प्रचण्डको दाउ सहजै पूरा हुने देखिँदैन।"


राष्ट्रपतिको गरिमामाथि अपराध कि नयाँ आशा?

​विद्या भण्डारीको यो पुनरागमनलाई लिएर बौद्धिक वृत्तमा भने गम्भीर प्रश्न उठेका छन्।

राजनीतिक विश्लेषक केशव दाहाल टिप्पणी गर्छन्: "राष्ट्रपति भइसकेको मानिस कुनै पार्टीको अध्यक्ष बन्न सक्रिय राजनीतिमा आउनु राष्ट्रपतिको गरिमा, सर्वोच्चता र तटस्थ हैसियतमाथि गरिएको अपराध हो। यसले लोकतन्त्रलाई कमजोर बनाउँछ। साना-साना संकट (पार्टीहरू) एक ठाउँमा ल्याएर महासंकट मात्रै बन्छ, कम्युनिस्ट पार्टीको रूपान्तरण हुँदैन।"


​यो निर्णयले एमालेभित्रको शक्ति सन्तुलन र नेतृत्वको भविष्य कुन दिशामा लैजान्छ, त्यो भने आगामी केही महिनाभित्रै स्पष्ट हुने देखिन्छ।

No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...