Wednesday, 20 May 2020

नेपालको भष्टाचारी नेताहरू

देख्नु भो त? लेख्नुभन्दा पहिला नै भनेको थिएँ, अब हेर्नुहोला भनेर। हिमाल पहाड़को भ्रष्टाचारको विषयमा जतिपनि विरोध गर्न सकिन्छ, तर मधेशमा भएको भ्रष्टाचार र विकृतिको विषयमा बोल्नै सकिन्न।

चुप लाग्दा सबै कुरो ठीक थियो। तर धेरै, धेरै दिन पश्चात् हाम्रो पेजबाट मधेशी नेता र प्रदेश सरकारको भ्रष्टाचारको विषयमा १-२ पोस्ट के आइदियो, प्रदेश सरकारको "८४ व्यञ्जन" र "भण्डारा" को चर्चा के भयो, ती भ्रष्टका समर्थक र लाभार्थीहरूदेखि लिएर देश-विदेशका 'IT सेल'वालाहरू सबै हामीमाथि बमबारी गर्न थालिहाले। देशी/विदेशी IT Cell र WhatsApp यूनिवर्सिटीका एक-से-एक प्रोडक्टहरू देखा पर्न थालिहाले। स्थानीय/प्रदेश/संघीय सरकार र भ्रष्ट नेताहरूबाट 'दानदक्षिणा' खानेहरू, नियुक्ति वा 'फेवर' पाएकाहरू जुकामाथि नून छर्केसरि छटपटाउन थालिहाले। र हामीमाथि आक्रमण गर्न थालिहाले। लगे रहो ! तैपनि भन्छौं:-

प्रदेश सरकार हैन, निर्जीव ATM मेशिन हो। त्यो पनि पछाड़ी भ्वाङ्ग परेको, जसबाट प्रदेश सरकारका मन्त्री, कर्मचारी र आसपासेहरूले पछाडीबाटै ८०% पैसा चोरेर लग्छन्, अनि १०-२०% मा कहिले यता दिने, कहिले उता दिने तर कुनै काम चाँहि नगर्ने। अनि बेलाबेलामा मशीनले 'रिसिट' दिए झैं प्रेस-विज्ञप्ति जारी गर्ने।

शराबबंदी नगर्ने। एसिड अट्याक नरोक्ने। दलितमाथिको दमन नरोक्ने। बलात्कार नरोक्ने। दहेज प्रताड़ना नरोक्ने। हत्याहिंसा नरोक्ने। किसानको आत्महत्या रोक्न पहल नगर्ने। पत्रकार/स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरण नबनाउने। विद्यार्थीको लागि शैक्षिक वातावरण नबनाउने। रोजगारी सिर्जना नगर्ने। अस्पतालमा उपकरण र उपचारको व्यवस्था नगर्ने। पैदल हिँडेका मजदूरलाई दुइटा बस पठाएर पनि उद्धार नगर्ने। विपत्‌मा पनि असहाय जनतालाई दुई छाक खुवाउन नसक्ने। क्वारेन्टाइनको व्यवस्था गर्न नसक्ने। अनि, मरेपछि खाली 'चेक' काट्ने। अनि पत्रिकामा आत्मस्तुति लेखाउने।

त्यही भएर धेरै आशा नगरौं, बरू आफैंले अब नेतृत्व लिने तिर सोचौं।
किनकि मधेशमा विद्यमान सदियौं देखि भ्रष्ट, सामन्त र विदेशी मोहराहरूको युग समाप्त गरेर नयाँ युगको शुरुवात् गर्नुछ, आफ्नै बन्धुको लागि घर-घरमा रोजगारी सिर्जना गर्नुछ, 'मधेश फर्स्ट' को नीति लगाई पहिला यहींको सुख-समृद्धिको लागि काम गर्नुछ।

No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...