Wednesday, 20 May 2020

कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु


०७ जेठ  गुल्मीका कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका ती बिरामीको बुधबार मृत्यु भएको हो ।
उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । एकसाता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो । याे सँगै मृतककाे संख्या नेपालमा ३ पुगेकाे छ ।

No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...