जेठ ७, २०७७ निकै तीव्र गतिमा फैलिएपछि भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुगेको छ। भारतमा अहिलेसम्म एक लाख ६ हजार ४७५ जना संक्रमित भेटिएका छन्। संक्रमित संख्याका हिसाबले भारत विश्वको ११औं स्थानमा छ। त्यहाँ तीन हजार ३०२ जना संक्रमितको ज्यान गइसकेको छ। जारी लकडाउनका कारण त्यहाँका करोडौं मजदुरहरु भोकै रहेको र सडकमा दैनिक हजारौं मानिसको विचल्ली देखिइन थालेको छ। मजदुरहरु भोकै मर्ने स्थिति आएपछि कोरोना संक्रमण जोखिमकै बीच भारत सरकारले ठूला शहरबाट उनीहरुलाई बसमार्फत घर पठाउने निर्णय गरेको छ। यतिखेर भारतमा कोरोना भाइरस संक्रमण निकै तेज गतिमा बढिरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ। जो मानिसहरु ठूला शहरबाट आफ्ना घर गइरहेका छन्, उनीहरुमध्ये कैयौं मानिस कोरोना संक्रमित रहेको पाइएको छ। मार्च महिनादेखि नै लकडाउन गरिएको भारतका मजदुरहरु यतिखेर आफूलाई जीवितै राख्ने संघर्ष गरिरहेका छन्। मजदुरहरुलाई पैदल जानबाट रोक्न त्यहाँको गृह मन्त्रालयले रेल चलाउने निर्णय गरेको छ। भारतमा मंगलबार कोरोना संक्रमितको संख्या एक लाख नाघेको थियो, जुन चीनको भन्दा पनि धेरै हो। कोरोनाको केन्द्रबिन्दु बनेका मुम्बई, दिल्ली र अहमदावादबाट आफ्ना घरतर्फ लागिरहेका प्रवासी मजदुरहरुले सँगसँगै कोरोना भाइरस पनि बोकेर गइरहेका छन्। रोयटर्सका अनुसार विहारका एक स्वास्थ्य अधिकारीले ७० प्रतिशतभन्दा बढी कोरोना संक्रमणका मामिला प्रवासी मजदुरहरुसँग सम्बन्धित रहेको बताएका छन्। ओडिसा सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबारसम्म भेटिएका ९७८ वटा कोरोना संक्रमणका मामिलामध्ये ८५१ वटा मामिला अन्यत्रबाट आएका मानिसहरुमा देखिएको छ। सरकारका अधिकारीहरुले नै कोरोना महामारी भारतका लागि निकै ठूलो चुनौती बनिसकेको बताएका छन्।
Dalan News is an online news portal providing latest news from Nepal and around the world
Subscribe to:
Post Comments (Atom)
कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने
विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...
-
नेपाललाई ६० वर्षसम्म पुग्ने दैलेखको ‘महा-ग्यास भण्डार’ अलपत्र: ८० अर्ब घनमिटर ग्यास भेटिएपछि चिनियाँ कम्पनी एकाएक गायब! पञ्चकोशी (दैलेख) ज...
-
दुई जिल्लाका स्थानीयबीच भीषण झडप, ६ जना रगताम्मे! प्रमुख प्रशासकीय अधिकृत र प्रहरी कमाण्डर पनि घाइते! ४ जनालाई हेलिकप्टरबाट उद्धार गरिँदै!...
-
"नेपाल 'पुलिस स्टेट' बन्ने खतरा, यो सरकार पनि ढल्छ": प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिममाथि सांसद अमरेशको तीव्र...

No comments:
Post a Comment