Wednesday, 18 January 2023

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव, काँग्रेस पनि दिने मनसायमा

 


मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे डाकिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादव विश्वासको मत लिने कार्यक्रम रहेको छ ।


पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय ललका नेता यादव पुस २९ गते पद तथा गोपनियताको शपथ लिएका थिए । पछि लोसपाले सामर्थन दिँदा उनलाई हाल ७२ सांसदको समर्थन छ ।

हालसम्म काँग्रेस २२, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी १ र तीन स्वतन्त्र सांसद प्रतिपक्षमा छन् ।

मुख्यमन्त्री यादवलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि विश्वासको मत दिने मनसाय बनाएको छ । यधपी दिने वा नदिने विषयमा आज बिहान १० बजे बस्ने काँग्रेस संसदीय दलको बैठकले निर्णय लिने सांसद शेषनारायण यादवले बताए ।


No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...