Wednesday, 18 January 2023

मधेशको उपसभामुख बनिन् जनमतकी बबिता राउत

 


मधेश प्रदेशको उपसभामुख जनमत पार्टीकी बबिताकुमारी राउत ईशर बनेकी छन् ।

मंगलबार साँझ प्रदेश सभा बैठकमा भएको मत विभाजन मार्फत ईशर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

उनको पक्षमा ७२ मत परेको छ भने विपक्षमा २९ मत खसेको छ। उपसभामुखको निर्वाचनमा १०१ जना सांसद उपस्थित भएका थिए । ईशर समानुपातिक प्रणाली मार्फत सांसद बनेकी हुन् ।

त्यस अघि सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएका थिए । मधेश प्रदेशमा सत्ता गठबन्धनमा जसपा मुख्यमन्त्री, एमाले सभामुख र जनमत पार्टी उपसभामुख लिने सहमति भएको थियो ।

No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...