सेमिकन्डक्टर बजारमा भारतको ऐतिहासिक फड्को: ९१ हजार करोडको 'टाटा फ्याब' का लागि विश्वकै सबैभन्दा एडभान्स लिथोग्राफी प्रविधि भित्रिने
- भारतलाई चिप संसद् बनाउने मोदीको मेगा प्लान: टाटा र विश्व प्रसिद्ध डच कम्पनी एएसएमएल (ASML) बीच ११ अर्ब डलरको ऐतिहासिक सम्झौता
एमस्टर्डम/नयाँ दिल्ली जेष्ठ ३ गते ।
भारतलाई विश्वव्यापी सेमिकन्डक्टर (चिप) उत्पादनको नयाँ हब बनाउने उद्देश्यका साथ भारतीय बहुराष्ट्रिय कम्पनी टाटा र नेदरल्यान्ड्सको बहुराष्ट्रिय प्रविधि कम्पनी एएसएमएल (ASML) बीच एक ऐतिहासिक रणनीतिक सम्झौता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच देशको औपरिक भ्रमणका क्रममा नेदरल्यान्ड्स पुगेका बेला शनिबार (मे १६) यस ठुलो डिलको घोषणा गरिएको हो।
प्रधानमन्त्री मोदी र उहाँका डच समकक्षी रोब जेटन (Rob Jetten) को प्रत्यक्ष उपस्थितिमा टाटा इलेक्ट्रॉनिक्स र एएसएमएलका उच्च अधिकारीहरूले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
गुजरातको धोलेरामा बन्नेछ पहिलो 'चिप फ्याब':
यो साझेदारी अन्तर्गत एएसएमएलले टाटा इलेक्ट्रॉनिक्सद्वारा गुजरातको धोलेरामा स्थापना गर्न लागिएको भारतकै पहिलो ३०० मिलिमिटर (१२ इन्च) को व्यावसायिक फ्रन्ट-इन्ड सेमिकन्डक्टर फ्याब्रिकेसन प्लान्ट (Fab) का लागि अत्याधुनिक 'लिथोग्राफी मेसिनरी र होलिस्टिक सोलुसन्स' आपूर्ति गर्नेछ। झन्डै ११ अर्ब अमेरिकी डलर (भारतीय रुपैयाँ ९१,००० करोड) को विशाल लगानीमा बन्न लागेको यो फ्याक्ट्रीमा अटोमोटिभ, मोबाइल डिभाइस र आर्टिफिसियल इन्टेलिजेन्स (AI) का लागि आवश्यक पर्ने उच्च गुणस्तरका चिप्सहरू उत्पादन गरिनेछ।
टाटा इलेक्ट्रॉनिक्सका सीईओ र एमडी रणधीर ठाकुरले एएसएमएलको गहन विशेषज्ञताले धोलेरा प्लान्टलाई समयमै सञ्चालनमा ल्याउन र आफ्ना विश्वव्यापी ग्राहकहरूका लागि भरपर्दो आपूर्ति शृङ्खला (Supply Chain) तयार पार्न मद्दत गर्ने बताउनुभयो। टाटाले यसअघि नै ताइवानको पीएसएमसी (PSMC) सँग प्राविधिक सहकार्य गरिसकेको छ।
ASML को साझेदारी किन महत्त्वपूर्ण छ?
विश्वभर बन्ने अत्याधुनिक माइक्रोचिप्सहरूका लागि आवश्यक पर्ने फोटोलिथोग्राफी मेसिन बनाउने क्षेत्रमा एएसएमएलको एकलौटी एकाधिकार (Monopoly) जस्तै छ। एएसएमएलको मेसिनविना विश्वका कुनै पनि ठुला टेक कम्पनीले एडभान्स चिप्स उत्पादन गर्न सक्दैनन्। अमेरिका र चीनबीच जारी प्रविधि युद्ध (Tech Rivalry) का कारण डच कम्पनीहरू नयाँ र सुरक्षित बजारको खोजीमा रहेका बेला भारतले यो सुनौलो अवसर समातेको हो। एएसएमएलका सीईओ क्रिस्टोफ फुकेले भारतको तीव्र गतिमा विस्तारित सेमिकन्डक्टर क्षेत्रमा दीर्घकालीन साझेदारी गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।
नेपाल र दक्षिण एसियालाई फाइदा:
यो सम्झौता केवल भारतका लागि मात्र नभई समग्र दक्षिण एसियाकै प्रविधि बजारका लागि कोसेढुङ्गा साबित हुनेछ। सम्झौतामा प्राविधिक मेसिनरी मात्र नभई स्थानीय स्तरमै उच्च प्रविधिको जनशक्ति तयार पार्न 'लिथोग्राफी इन्टेन्सिभ' सीप विकास, तालिम र संयुक्त अनुसन्धान तथा विकास (R&D) पूर्वाधार निर्माण गर्ने बुँदाहरू समेत समेटिएका छन्।
प्रधानमन्त्री मोदीले डच कम्पनीका सीईओहरूसँगको गोलमेच बैठकमा भारत हाल 'स्केल र स्थिरता' को प्रतीक बनेको र कुल विश्वव्यापी आर्थिक वृद्धिमा १९ प्रतिशत योगदान पुर्याइरहेको दाबी गर्नुभयो।

No comments:
Post a Comment