Sunday, 10 May 2026

अमेरिकाविरुद्ध रुस र इरानको ‘घातक’ योजना: ५ हजार अत्याधुनिक ड्रोन र अनौठो प्रविधि दिने तयारी, ‘द इकोनोमिस्ट’ को सनसनीपूर्ण खुलासा

 

अमेरिकाविरुद्ध रुस र इरानको ‘घातक’ योजना: ५ हजार अत्याधुनिक ड्रोन र अनौठो प्रविधि दिने तयारी, ‘द इकोनोमिस्ट’ को सनसनीपूर्ण खुलासा


मस्को/वासिङ्टन (दलन न्यूज) ।

इरान र अमेरिकाबीच जारी युद्धको ७२औँ दिन पुग्दा एउटा नयाँ र डरलाग्दो तथ्य सार्वजनिक भएको छ। चर्चित बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ (The Economist) ले सार्वजनिक गरेको एक विशेष रिपोर्टअनुसार, रुसले अमेरिका र उसका सहयोगी राष्ट्रहरूका विरुद्ध इरानलाई थप शक्तिशाली बनाउन घातक हतियारहरूको ठूलो खेप उपलब्ध गराउने गोप्य योजना तयार पारेको छ।

​रुसी सैन्य गुप्तचर निकाय (GRU) ले तयार पारेको भनिएको १० पानाको गोप्य दस्तावेजका आधारमा यो खुलासा गरिएको हो।

१. ५,००० फाइबर–अप्टिक ड्रोनको खेप

​रिपोर्टका अनुसार रुसले इरानलाई ५,००० वटा छोटो दूरीका ‘फाइबर–अप्टिक ड्रोन’ उपलब्ध गराउने प्रस्ताव गरेको छ। यी ड्रोनहरू यति घातक मानिन्छन् कि यिनलाई कुनै पनि विद्युतीय जाम प्रणाली (Electronic Jamming) ले रोक्न सक्दैन। युक्रेन युद्धमा सफल परीक्षण गरिएका यी ड्रोनहरू खाडी क्षेत्रमा रहेका अमेरिकी युद्धपोत र सैन्य आधार शिविरहरूका लागि ‘काल’ बन्न सक्ने विश्लेषण गरिएको छ।

२. स्टारलिङ्क र भूउपग्रह प्रविधि

​रुसको योजनामा इरानलाई स्याटेलाइटबाट निर्देशित हुने र स्टारलिङ्क (Starlink) टर्मिनल जडान गरिएका अत्याधुनिक ड्रोनहरू दिने विषय पनि उल्लेख छ। यसले इरानी सेनाको प्रहार गर्ने क्षमतालाई अझ सटिक र तीव्र बनाउनेछ। अमेरिकी रक्षा अधिकारीहरूका अनुसार, यसअघिको युद्धमा इरानले आफ्नो ड्रोन भण्डारको करिब ६० प्रतिशत गुमाइसकेको अवस्थामा रुसको यो सहयोगले तेहरानको शक्ति पुनः ब्युँताउनेछ।

३. क्यास्पियन सागरबाट गोप्य ढुवानी

​‘न्यू योर्क टाइम्स’ ले समेत पुष्टि गरेअनुसार रुसले क्यास्पियन सागरको मार्ग प्रयोग गरेर गोप्य रूपमा इरानलाई हतियार, गोलाबारुद र ड्रोनका पार्टपुर्जाहरू पठाइरहेको छ। जहाजहरूले आफ्नो राडार (Transponders) बन्द गरेर हतियार ओसारपसार गरिरहेका छन्। यो मार्ग अहिले रुस र इरानका लागि प्रतिबन्ध छल्ने र युद्ध सामग्री साटासाट गर्ने मुख्य ‘लाइफलाइन’ बनेको छ।

४. अमेरिका र इजरायलमा खैलाबैला

​रुसको यो कदमले वासिङ्टन र तेल अभिभमा ठूलो चिन्ता पैदा गरेको छ। रुसले इरानमा रहेका विद्यार्थीहरूलाई समेत ड्रोन सञ्चालनको तालिम दिने योजना बनाएको रिपोर्टमा उल्लेख छ। अमेरिकाले यसलाई "क्षेत्रीय अस्थिरता निम्त्याउने रुसी चाल" भनेको छ। ७२ दिनदेखि जारी युद्धमा इरान नझुक्नुको मुख्य कारण रुसी र चिनियाँ सामरिक सहयोग रहेको विज्ञहरूको ठम्याइ छ।

No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...