Wednesday, 13 May 2026

काठमाडौँमा भूकम्पको धक्का: मातातीर्थ केन्द्रविन्दु, २.९ म्याग्निच्युडको मापन

 

काठमाडौँमा भूकम्पको धक्का: मातातीर्थ केन्द्रविन्दु, २.९ म्याग्निच्युडको मापन


काठमाडौँमा भूकम्पको धक्का: मातातीर्थ केन्द्रविन्दु, २.९ म्याग्निच्युडको मापन

काठमाडौँ (दलन न्यूज) ।

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७:२४ बजे काठमाडौँको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्प गएको हो।

​भूकम्पको तीव्रता २.९ म्याग्निच्युड मात्र रहेकाले यसलाई सानो पराकम्प वा भूकम्पका रूपमा लिइएको छ। केन्द्रविन्दु आसपासका क्षेत्रमा धक्का महसुस भए पनि यसबाट कुनै भौतिक वा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन।

​साँझको समयमा आएको धक्काका कारण केही बेर सर्वसाधारण घरबाहिर निस्किएका थिए। विज्ञहरूले २.९ म्याग्निच्युडको भूकम्पले खासै क्षति पुर्‍याउने सम्भावना नरहे पनि सचेत रहन आग्रह गरेका छन्।

No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...